काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र तीन लाख ३८ हजार ९४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा पाँच हजार ८२२ जनाको मृत्यु भएको छ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ६३ लाख ७६ हजार ३६८ र मृत्यु हुनेको संख्या १० लाख ५९ हजार ९१५ पुगेको छ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ७८ हजार ८०९ जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण ९६३ जनाले ज्यान गुमाएका हुन्।
अमेरिकामा पछिल्लो २४ घण्टाभित्र ४५ हजार ६३६ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ८५३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
ब्राजिलमा २९ हजार जना नयाँ संक्रमित थपिएका छन् भने ७३३ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।
गत २४ घण्टाभित्र फ्रान्समा १८ हजार ७४६, अर्जेन्टिनामा १६ हजार ४४७, रसियामा ११ हजार ११५, कोलम्बियामा सात हजार ८७५, मेक्सिकोमा चार हजार ८२८ तथा स्पेनमा ६ हजार ६४५ जना नयाँ संक्रमित थपिएका छन्।
" /> काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र तीन लाख ३८ हजार ९४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा पाँच हजार ८२२ जनाको मृत्यु भएको छ।पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ६३ लाख ७६ हजार ३६८ र मृत्यु हुनेको संख्या १० लाख ५९ हजार ९१५ पुगेको छ।

">