ललितपुर महानगरपालिकाद्वारा आज जारी गरिएको विज्ञप्तिअनुसार दसैँका बेला मनाइने श्री मनमानेश्वरी भगवतीको खड्ग जात्रा (पायाः), अष्टमातृका नाच (गं प्याखं), ठेचोको नवदुर्गा नाच (गथु प्याखं)लगायत पर्व आवश्यक पूजामा मात्र सीमित गरिने जनाएको छ।
“कोभिड–१९ को सङ्क्रमण फैलिरहेको यस अवस्थामा २०७७ सालमा मनाइने जात्रा र पर्वहरू भीडभाड हुने गरी बाजागाजासहित जम्मा भई नगर्ने निर्णय गरिएको छ,” विज्ञप्तिमा भनिएको छ। त्यस्तै, विज्ञप्तिमा “धार्मिक परम्पराअनुसार गरिँदै आएको विधिवत् पूजाअर्चनालाई निरन्तरता दिने र अन्य उत्सव जात्रा नगर्ने” पनि जनाइएको छ।
उक्त निर्णय गुठी संस्थान कार्यालय ललितपुर, जात्रापर्वसँग सम्बन्धित सरोकारवाला संस्था र स्थानीय गुठियारसमेत भई गरिएको विज्ञप्तिमा उल्लेख छ।

यसै गरी, महानगरपालिकाले सम्पूर्ण चाडपर्वहरू परिवारसँग रही सुरक्षा सतर्कता अपनाउन महानगरवासी सबैमा आग्रह पनि गरेको छ।
यसअघि मङ्गलबार भक्तपुर नगरपालिकाले भक्तपुरको तलेजु भवानीको मन्दिरमा पनि बलि नदिई सामान्य आवश्यक पूजा मात्र गर्ने सरोकारवाला पक्षहरूको निर्णय भएको जनाएको थियो।
" /> ललितपुर महानगरपालिकाद्वारा आज जारी गरिएको विज्ञप्तिअनुसार दसैँका बेला मनाइने श्री मनमानेश्वरी भगवतीको खड्ग जात्रा (पायाः), अष्टमातृका नाच (गं प्याखं), ठेचोको नवदुर्गा नाच (गथु प्याखं)लगायत पर्व आवश्यक पूजामा मात्र सीमित गरिने जनाएको छ।“कोभिड–१९ को सङ्क्रमण फैलिरहेको यस अवस्थामा २०७७ सालमा मनाइने जात्रा र पर्वहरू भीडभाड हुने गरी बाजागाजासहित जम्मा भई नगर्ने निर्णय गरिएको छ,” विज्ञप्तिमा भनिएको छ। त्यस्तै, विज्ञप्तिमा “धार्मिक परम्पराअनुसार गरिँदै आएको विधिवत् पूजाअर्चनालाई निरन्तरता दिने र अन्य उत्सव जात्रा नगर्ने” पनि जनाइएको छ।

">