आज १,१२६ जना कोभिड-१९ जितेर फर्के
<p style="text-align: justify;">काठमाडौँ। आज देशभर कोभिड-१९ बाट निको भई घर फर्कनेमा १,१२६ जना रहेका छन्।</p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बुधबार दिइएको अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म ६८ हजार ६६८ जना कोभिड-१९ बाट निको भएर घर फर्केका छन्।</p>
<p style="text-align: justify;">सङ्क्रमितमध्ये ७२.८ प्रतिशतले कोरोनालाई जितेर घर फर्केका छन्। </p>