काठमाडौँ। गत २४ घण्टामा कोभिड–१९ बाट १५ जनाले ज्यान गुमाएका छन्। यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ५७८ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बुधबार दिइएको अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमण भई निधन हुनेमा ५ महिला र १० पुरुष रहेका छन्।
महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण मृत्यु हुनेमा सिराहाकी ५० वर्षीया, रौतहटकी ७२ वर्षीया, काठमाडौँका ६६ र ७२ वर्षीया तथा दाङका ७१ वर्षीया महिला रहेका छन्।
त्यस्तै, कोराना सङ्क्रमण भई ज्यान गुमाउने पुरुषहरूमा मोरङका ४० र ६० वर्षीय, काठमाडौँका ४५, ५३, ६४ र ६९ वर्षीय, ललितपुरका ४६ वर्षीय, चितवनका ६१ वर्षीय, रुपन्देहीका ५५ वर्षीय र नवलपरासीका ७६ वर्षीय रहेका छन्।
कोभिड-१९ सङ्क्रमितमध्येबाट मृत्यु हुने ०.६१ प्रतिशत रहेको जनाइएको छ।