काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुघाखोकी लाग्दैमा र ज्वरो आउँदैमा अस्पताल गइहाल्न आवश्यक नरहेको बताएको छ। कोरोना सङ्क्रमण दर बढेसँगै सामान्य विसन्चो भएका मानिस पनि अस्पताल जानेक्रम बढेपछि स्वास्थ्य मन्त्रालयले यस्तो भनेको हो।
''रुघाखोकी लाग्दैमा, ज्वरो आउँदैमा अहिले अस्पताल जानेक्रम बढेको छ,'' नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, ''हामी के अनुरोध गर्न चाहन्छौं भने, साँस फेर्न गाह्रो भयो, बेहोस् हुनेजस्तो भयो, पिशाब भएन वा कम भयो भने अस्पताल जानू।''
प्रवक्ता गौतमले सङ्क्रमण बढ्दै जाँदा अस्पतालहरूमा बेड अभाव हुँदै गएको पनि बताए। उनले काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको उपचारमा थप चुनौती बढेको बताए। यही रफ्तारमा सङ्क्रमण बढ्दै जाने हो भने थेग्न नसकिने गौतमको भनाइ थियो।
गौतमले हाम्रो व्यवहारले नै कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै नियन्त्रण तथा रोकथामका लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए। चाडवाडमा किनमेल गर्नेको भीडप्रति पनि उनले चिन्ता व्यक्त गरे।
देशैभर पछिल्लो २४ घण्टामा सर्वाधिक ३ हजार ४३९ जना सङ्क्रमित थपिएका छन्। यो १४ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा आएको नतिजा हो।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुघाखोकी लाग्दैमा र ज्वरो आउँदैमा अस्पताल गइहाल्न आवश्यक नरहेको बताएको छ। कोरोना सङ्क्रमण दर बढेसँगै सामान्य विसन्चो भएका मानिस पनि अस्पताल जानेक्रम बढेपछि स्वास्थ्य मन्त्रालयले यस्तो भनेको हो।''रुघाखोकी लाग्दैमा, ज्वरो आउँदैमा अहिले अस्पताल जानेक्रम बढेको छ,'' नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, ''हामी के अनुरोध गर्न चाहन्छौं भने, साँस फेर्न गाह्रो भयो, बेहोस् हुनेजस्तो भयो, पिशाब भएन वा कम भयो भने अस्पताल जानू।''

">