विश्वमा कोभिड-१९: संक्रमितको संख्या तीन करोड ६० लाख नाघ्यो

काठमाडौं। विश्वमा संक्रमितको संख्या तीन करोड ६० लाख २६ हजार ८१६ पुगेको छ।

पछिल्लो २४ घण्टामा तीन लाख पाँच हजार ४२८ संक्रमित थपिएका हुन्।

कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ५३ हजार ९२६ पुगेको छ।

पछिल्लाे २४ घण्टामा थप पाँच हजार ४४० जनाकाे मृत्यु भएकाे हाे।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ७१ लाख ३० हजार २९ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७८ लाख ४२ हजार ८६१ छ। त्यसमध्ये ६७ हजार ५८८ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ७७ लाख १७ हजार ९२४ पुगेको छ।

भारतमा संक्रमितको संख्या ६७ लाख ५४ हजार १७९ पुगेको छ भने ब्राजिलमा ४९ लाख ७० हजार ९५३ छ।

प्रतिक्रिया दिनुहोस्