काठमाडौं। प्रिमियर लिगले भर्खरै सकिएको खेलाडी सरुवा बजारमा गत सिजनको भन्दा केही थोरै रकम खर्च गर्यो। त्यसको बाबजुद पनि युरोपका अन्य शीर्ष लिगभन्दा प्रिमियर लिग खर्च गर्नेमा अगाडि रह्यो।
इङ्लिस प्रिमियर लिगका क्लबहरूले एक अर्ब २१ करोड ८० लाख पाउण्ड खर्च गरे। जुन गत वर्षको भन्दा १५ करोड ८० लाख पाउण्ड कम हो। गत वर्ष प्रिमियर लिगका क्लबहरूले एक अर्ब ३७ करोड ६० लाख पाउण्ड खर्च गरेको इन्भेस्टमेन्ट कम्पनी कार्टरेट एनालाइटिक्सले जनाएको छ।
अन्तिम प्रिमियर लिगमा ११ सम्झौता भए। जुन पछिल्ला वर्षहरूमा भन्दा कम हो। आर्सनलले एट्लेटिको मड्रिडका मिडफिल्डर थोमस पार्टेलाई चार करोड ५३ लाख पाउण्डमा अनुबन्ध गर्यो। जुन अन्तिम दिनको सबभन्दा ठूलो सम्झौता हो।
कोभिड-१९ महामारीका कारण सिजन ढिला सुरू भएकाले यसवर्ष खेलाडी सरुवा बजार पनि ढिलो बन्द भयो। अघिल्ला सिजनहरूमा अगस्टमै सरुवा बजार बन्द हुने भए पनि यस सिजन ६ अक्टोबरमा खेलाडी सरुवा बजार बन्द भएको हो।

‘‘गत पाँच वर्षको तुलनामा युरोपका शीर्ष सबै लिगले यस सिजन धेरै कम खर्च गरेका छन्। प्रिमियर लिगले सात प्रतिशत कम खर्च गरेका छन् भने ला लिगाले ४६ प्रतिशत कम गरेको छ,’’ लन्डनमा रहेको इन्भेस्टमेन्ट कम्पनी कार्टरेट एनालाइटिक्सले भनेको छ, ‘‘कोभिड-१९ ले खेलाडी सरुवा बजारमा ठूलो असर गर्यो।’’
एभर्टनले नर्विचका रक्षक बेन गुडफ्रेलाई दुई करोड ५० लाख पाउण्डमा अनुबन्ध गर्यो। म्यानचेस्टर युनाइटेडले पोर्टोका एलेक्स टेलिसलाई एक करोड ३६ लाख पाउण्डमा अनुबन्ध गर्यो। इडिसन काभानीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको युनाइटेडले युवा खेलाडीद्वय अमद डियालो र फकुन्डो पेलिस्ट्रीलाई दुई करोड ८० लाख पाउण्डमा अनुबन्ध गरेको जनाइएको छ।
तथापि, लामो समयदेखि प्रयास गरेको बोरुसिया डर्टमण्डका जाडोन सान्चोलाई अनुबन्ध गर्न युनाइटेड असफल रह्यो।

लिड्स युनाइटेडले रेनेसका विंगर राफिन्हालाई एक करोड ७० लाख पाउण्डमा अनुबन्ध गर्यो। एभर्टनले रोमाका गोलकिपर रोबिन ओल्सेनलाई लोनमा अनुबन्ध गर्यो भने विंगर थियो वाल्कटलाई साउथह्याम्पटन पठायो।
फुलह्यामले म्यानचेस्टर सिटीका रक्षक टोसिन एडाराबियोसँग तीन वर्षको सम्झौता गर्यो। फुलह्यामले चेल्सीका विंगर रूबेन लोफ्टस-चेक र लियोनका रक्षक जोचिम एन्डरसनलाई पनि अनुबन्ध गर्यो। त्यस्तै आर्सनलका मिडफिल्डर लुकास टोरेरा एट्लेटिको र माटेयो गुएन्डोउजी हेर्था बर्लिन गए। युनाइटेडका रक्षक क्रिस स्मलिङ रोमामा गए।
प्रिमियर लिगले स्पेनिस ला लिगा, बुन्डेसलिगा र लिग वानले भन्दा तीन गुणा बढी खर्च गर्यो। त्यस्तै प्रिमियर लिगले इटालियन सिरी ‘ए’ भन्दा दोब्बर खर्च गर्यो।
म्यानचेस्टर सिटीले रक्षक रूबेन डियाज र चेल्सीले बायर लेभरकुसेनका मिडफिल्डर काइ हाभार्टजलाई अनुबन्ध गर्दामा पाँच करोड पाउन्डभन्दा धेरै रकम खर्च गर्यो। सिटीले डियाजलाई ६ करोड ५० लाख पाउण्डमा अनुबन्ध गर्यो भने चेल्सीले हाभार्टजलाई सात करोड १० लाख पाउण्ड खर्च गर्यो।

गत सिजन प्रिमियर लिगका ११ क्लबले आफ्नो कीर्तिमानी रकम खर्चेका थिए भने यस सिजन ६ क्लबले मात्र आफ्नो कीर्तिमानी रकम खर्च गरे।
प्रिमियर लिगमा चेल्सीले सबभन्दा धेरै २२ करोड २० लाख पाउण्ड रकम खर्च गर्यो। चेल्सीले हाभार्टज, टिमो वेर्नर, बेन चिलवेल, हाकिम जियाच र इडोवार्ड मेन्डीलाई अनुबन्ध गरेको थियो। म्यानचेस्टर सिटीले १४ करोड १० लाख पाउण्ड खर्च गर्यो। बार्सिलोनाले ११ करोड २० लाख पाउण्ड खर्च गर्यो।
युरोपमा १० करोड पाउण्डभन्दा धेरै रकम खर्च गर्ने यी तीन क्लबमात्र हुन्। गत सिजन १० भन्दा धेरै क्लबले १० करोड पाउण्डभन्दा धेरै रकम खर्च गरेका थिए।
बीबीसीबाट
" /> काठमाडौं। प्रिमियर लिगले भर्खरै सकिएको खेलाडी सरुवा बजारमा गत सिजनको भन्दा केही थोरै रकम खर्च गर्यो। त्यसको बाबजुद पनि युरोपका अन्य शीर्ष लिगभन्दा प्रिमियर लिग खर्च गर्नेमा अगाडि रह्यो।इङ्लिस प्रिमियर लिगका क्लबहरूले एक अर्ब २१ करोड ८० लाख पाउण्ड खर्च गरे। जुन गत वर्षको भन्दा १५ करोड ८० लाख पाउण्ड कम हो। गत वर्ष प्रिमियर लिगका क्लबहरूले एक अर्ब ३७ करोड ६० लाख पाउण्ड खर्च गरेको इन्भेस्टमेन्ट कम्पनी कार्टरेट एनालाइटिक्सले जनाएको छ।

">