यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ५६३ पुगेको छ। ">
आज कोभिड-१९ बाट थप ९ को मृत्यु <p>काठमाडौँ। गत २४ घण्टामा कोभिड-१९ बाट ९ जनाले ज्यान गुमाएका छन्। यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ५६३ पुगेको छ।</p> <p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा मङ्गलबार दिइएको अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमण भई निधन हुनेमा ४ महिला र ५ पुरुष रहेका छन्।&nbsp;</p> <p>महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण मृत्यु हुनेमा काठमाडौँका ५९ र ६० वर्षीया, ललितपुरका ६७ वर्षीया र नवलपरासी पूर्वका ७७ वर्षीया महिला रहेकी छिन्। त्यस्तै, कोराना सङ्क्रमण भई ज्यान गुमाउने पुरुषहरूमा तेह्रथुमका ३१ वर्षीय, सुनसरीका ६४ वर्षीय, ललितपुरका ६१ र ७७ वर्षीय तथा चितवनका ७० वर्षीय रहेका छन्।&nbsp;</p> <p>कोभिड-१९ सङ्क्रमितमध्येबाट मृत्यु हुने ०.६२ प्रतिशत रहेको जनाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्