२,३४० जना कोभिड-१९ जितेर फर्के, डिस्चार्ज दर ७४.३ प्रतिशत
<p style="text-align: justify;">काठमाडौँ। आज देशभर कोभिड-१९ बाट निको भई घर फर्कनेमा २,३४० जना रहेका छन्।</p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा मङ्गलबार दिइएको अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म ६७ हजार ५४२ जना कोभिड-१९ बाट निको भएर घर फर्केका छन्।</p>
<p style="text-align: justify;">हालसम्म कूल सङ्क्रमितमध्ये ७४.३ प्रतिशतले कोरोना जितेर फर्किसकेका छन्।<br />
</p>