काठमाडौं। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड-१९ अस्पतालका निर्देशकसँग भर्चुअल माध्यमबाट छलफल गरेका छन्।
कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपंक्तिमा रहेर काम गरिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायतले भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाका बारेमा मन्त्री ढकालले जानकारी लिएका छन्।
मन्त्री ढकालले सबैको सहयोगले मात्र कोरोना नियन्त्रण गर्न सकिने भएकाले ठोस उपचार नदेखिएको सन्दर्भमा सावधानीपूर्ण जीवनशैलीका लागि सबैलाई प्रेरित गर्न आग्रह गरे।
नजिकै आइरहेको चाडपर्वमा हुने भीडभाडले कोभिड-१९ को जोखिम अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै उनले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल निर्देशकलाई निर्देशन दिए।
सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै बिरामी अस्पतालको गेटबाट फर्कनु नपर्ने गरी काम गर्न ढकालले निर्देशन दिए।
छलफलमा २५ अस्पतालका निर्देशकको सहभागी थिए। उनीहरूले अस्पतालमा पूर्वाधारको अवस्था, समस्या र समाधानको लागि पहलका बारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए।
" /> काठमाडौं। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड-१९ अस्पतालका निर्देशकसँग भर्चुअल माध्यमबाट छलफल गरेका छन्।कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपंक्तिमा रहेर काम गरिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायतले भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाका बारेमा मन्त्री ढकालले जानकारी लिएका छन्।

">