भारतमा एकैदिन झण्डै ६० हजार जनामा कोरोना संक्रमण

काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा ५९ हजार ८९३ जना कोरोना संक्रमित थपिएका छन्।

यो अवधिमा ८८६ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

भारतमा कुल संक्रमित संख्या ६६ लाख ८२ हजार ८३ पुगेको छ। तीमध्ये एक लाख तीन हजार ६०० जनाको मृत्यु भएको छ।

अहिलेसम्म ५६ लाख ५९ हजार ११० जना संक्रमणमुक्त भएका छन्।

त्यहाँ हाल नौ लाख १९ हजार ३६३ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।

प्रतिक्रिया दिनुहोस्