विश्वमा कोभिड-१९: सक्रिय संक्रमितको संख्या ७७ लाख ८८ हजार

काठमाडौं। विश्वमा संक्रमितको संख्या तीन करोड ५६ लाख ९२ हजार ७२८ पुगेको छ।

पछिल्लो २४ घण्टामा दुई लाख ६१ हजार ५३० संक्रमित थपिएका हुन्।

कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ४५ हजार ८३० पुगेको छ।

पछिल्लाे २४ घण्टामा थप चार हजार १८८ जनाकाे मृत्यु भएकाे हाे।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ६८ लाख ५८ हजार ६४४ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७७ लाख ८८ हजार २५४ छ। त्यसमध्ये ६६ हजार ७८५ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ७६ लाख ७८ हजार १८२ पुगेको छ।

भारतमा संक्रमितको संख्या ६६ लाख ८२ हजार ७३ पुगेको छ भने ब्राजिलमा ४९ लाख ४० हजार ४९९ छ।

प्रतिक्रिया दिनुहोस्