काठमाडौं। पछिल्ला दिन कोरोना भाइरस संक्रमितको संख्या दैनिक दुई हजारभन्दा बढीले वृद्धि भएपछि सरकारले सार्वजनिक यातयातामाथि कडाइ गरेको छ।
सरकारले जारी गरेको ‘कोभिड-१९ प्रकोपको अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७’ सार्वजनिक यातायातहरूले पालन नगरेपछि सरकारले कडाइ गरेको हो।
सार्वजनिक यातायातले उक्त निर्देशिका पालना गरे/नगरेको अनुगमन गर्न सबै ७५३ वटै स्थानीय तहलाई समिति गठन गर्ने निर्देशन दिइएको छ।
स्थानीय तहमा गठन गरिने अनुगमन समितिले सार्वजनिक यातायातको अनुगमन गरी निर्देशिक उलंघन गरेको भेटिए कारबाही गर्न सक्नेछन्।
गत भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भदौ ३१ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘कोभिड-१९ प्रकोपको अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७’ ल्याएको थियो। निर्देशिका ल्याएपछि असोज १ गतेबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा लगाइएको रोक खोलिएको थियो।
तर, सार्वजनिक यातायातहरूले निर्देशिकामा उल्लेख गरिएका नियमहरू पालन नगरेपछि र देशभर कोरोना संक्रमितको संख्या तीव्र रूपमा बढेपछि सरकारले सार्वजनिक यातायात माथि कडाइ गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको हो।
सार्वजनिक यातायातले निर्देशिका पालना नगरेको गुनासो धेरै आएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै अनुगमनको लागि आग्रह गरेको थियो।
“यातायात सेवामा कार्यरत सवारी चालक तथा सहचालकल अनुशरण गरे/नगरेको र सार्वजनिक यातायातमा सवार यात्रुहरूले पालन गरे/नगरेको विषयमा अनुगमन समिति गठन गरी अनुगमन कार्यलाई व्यवस्थित बनाई कार्य सञ्चालनलाई सहज बनाउन तहाँ मार्फत् सबै स्थानिय तहहरूलाई परिपत्र गरिदिनुहुन नेपाल सरकार (सचिवस्तर)को २०७७ असोज १४ गतेको निर्णयानुसार अनुरोध गरिन्छ,’ भौतिक मन्त्रालयले लेखेको पत्रमा उल्लेख छ।
भौतिक मन्त्रालयको आग्रहलाई कार्यान्वयन गर्न संघीय मामिला मन्त्रालयले सबै स्थानीय तहलाई एकसाथ परिपत्र गरी असोज १८ गने निर्देशन दिएको छ।
निर्देशिकामा के छ ?
सरकारले ल्याएको निर्देशिकामा सार्वजनिक सवारी साधनको प्रत्येक खेप (ट्रीप) पछि निर्मलीकरण (डीसइन्फेक्सन) गर्नुपर्ने हुन्छ। यात्रुले एकपटक सवारीसाधन प्रयोग गरेपछि आवश्यकताअनुसार सिटको सरसफाइ गर्नुपर्ने छ।
सार्वजनिक यातायातले क्षमताअनुसार अधिकतम यात्रु संख्या निर्धारण गर्ने र सो सम्बन्धी जानकारी सूचना सवारी साधनको ढोकामा टाँस्नु पर्नेछ। यसरी सामाजिक दूरी कायम गरी तोकिएको सिटमा यात्रुलाई राख्नु पर्नेछ। सार्वजनिक यातायातले दुई तर्फ रहेका प्रत्येक दुई सिटमा एकजना मात्र राख्नुपर्ने हुन्छ।
“सवारी साधनहरूको सञ्चालनपूर्व निर्धारित समय-तालिका बनाएर सो अनुसार सञ्चालन गर्ने, प्रत्येक खेप (ट्रीप) सुरू हुने बेलामा वा दिनमा कम्तीमा दुई पटक निजको शरीरको तापक्रम मापन गर्ने र यसरी तापक्रम मापन गर्नका लागि प्रत्येक सवारीसाधनको लागि कम्तीमा दुईवटा थर्मल गर्नको व्यवस्था गर्ने,” निर्देशिकामा भनिएको छ।
निर्देशिकाअनुसार सहचालक वा यातायात सेवाका अन्य कर्मचारीले सवारीमा प्रवेश गर्ने बेलामा यात्रुहरूलाई दुईवटै हातमा स्यानीटाइजर दिई सफा गर्न लगाउनु पर्ने हुन्छ।
भाडा असुलीको लागि वैकल्पिक उपाय अवलम्बन गर्न भनिएको छ। सकभर भाडा भुक्तानीको लागि ‘मोबाइल बेस्ड स्क्यान एण्ड पे’ वा ‘कन्ट्याक्टलेस कार्ड’ प्रणाली सुरूवात गर्न सावजनिक यातायातलाई भनिएको छ। अनलाइन तथा इलेक्ट्रोनिक भुक्तानीको व्यवस्था गर्न समेत निर्देशिकामा उल्लेख छ।
“यात्रुसँग भाडा संकलन गर्दा भौतिक सम्पर्क नहुने वा सामाजिक दूरी कायम गर्नका लागि यात्रुले भाडा संकलन बाकसमा भाडा बराबरको रकम स्वयम् राख्न सकिने गरी व्यवस्था मिलाउने, वा भाडा भुक्तानीको लागि यात्रुहरूले टिकट काउन्टरबाट एकपटक वा धेरै पटक वा कुनै अवधिको लागि मान्य हुने टिकट किन्न सक्ने व्यवस्था मिलाउने, सकरभर भाडा असुलीमा प्रत्यक्ष नगदको प्रयोग नगर्ने,” निर्देशिकामा स्पष्ट लेखिएको छ।
यातायात व्यवसायीहरूले मध्यम तथा लामो दूरीको यात्रु सूची बनाई एक प्रति आफूसँग र अर्को प्रति स्थानीय प्रशासनमा अनिवार्य बुझाउनु पर्नेछ। सार्वजनिक यातायात सञ्चालन गर्दा चालक तथा सहचालकले अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउनु पर्नेछ।
" /> काठमाडौं। पछिल्ला दिन कोरोना भाइरस संक्रमितको संख्या दैनिक दुई हजारभन्दा बढीले वृद्धि भएपछि सरकारले सार्वजनिक यातयातामाथि कडाइ गरेको छ।सरकारले जारी गरेको ‘कोभिड-१९ प्रकोपको अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७’ सार्वजनिक यातायातहरूले पालन नगरेपछि सरकारले कडाइ गरेको हो।

">