झापा। झापाको बिर्तामोड नगरपालिका-५ मा कोरोना सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ।
८२ वर्षीय वृद्धको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको बिर्तामोड स्वास्थ्य शाखाका कोभिड-१९ रोकथाम तथा नियन्त्रण संयोजक ओम खड्काले बताए।
दमका रोगी वृद्धलाई चार दिनअघि स्वास्थ्यमा समस्या आएपछि बिर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो।
खड्काका अनुसार अस्पतालले वृद्धलाई त्यहाँ उपचार सम्भव नहुने भन्दै नोबेल अस्पताल पठाएको थियो। उपचाररत वृद्धको शनिबार स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिएको थियो।
आइतबार बिहान ९ बजे उनको रिपाेर्ट पोजिटिभ आएको र बेलुका ५ बजे मृत्यु भएको संयोजक खड्काले जानकारी दिए।
झापामा उनीसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ।
सङ्क्रमितको सङ्ख्या ९३१ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकलपर्सन जीवन चौलागाइँले बताए। रासस
" /> झापा। झापाको बिर्तामोड नगरपालिका-५ मा कोरोना सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ।८२ वर्षीय वृद्धको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको बिर्तामोड स्वास्थ्य शाखाका कोभिड-१९ रोकथाम तथा नियन्त्रण संयोजक ओम खड्काले बताए।

">