तनहुँ। तनहुँ सदरमुकाम दमौलीस्थित जिल्ला कारागारमा १५ शय्याको आइसोलेशन कक्ष निर्माण गरिएको छ।
कारागारको पुरानो भवनमा आइसोलेसन कक्ष निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिएर कारागारभित्रै आइसोलेसन निर्माण गरिएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले बताए।
पुरानो भवनको दुई कोठालाई हालै आइसोलेसन निर्माण गरिएको छ। उनले भने, “आइसोलेसन निर्माणपश्चात सुरक्षाका दृष्टिले पनि सहज भएको छ।”
२५ जना क्षमताको सो कारागारमा हाल १३२ कैदी र ६४ जना थुनुवा गरी १९६ कैदीबन्दी रहेका छन्। कारागार परिसरमा तीन भवन निर्माणपछि कैदीबन्दीलाई सजिलो भएको छ।
पुरानो भवनमा १०७ जना र अन्यलाई नयाँ भवनमा स्थानान्तरण गरिएपछि कैदीबन्दीलाई अहिले खान-बस्न, सुत्न र शौचालय प्रयोगमा सहज भएको छ।
कारागार परिसरमा निर्माण गरिएको कार्यालय भवन, सुरक्षा ब्यारेक र बन्दीगृह गरी तीन वटा भवन भ्याटबाहेक ६ करोड ४४ लाखको लागतमा निर्माण गरिएको हो ।
नयाँ भवन निर्माणपछि ८० जनाभन्दा बढी कैदीबन्दी राख्न सकिने क्षमताको बन्दीगृह रहेको कारागार प्रशासनले जनाएको छ। रासस
" /> तनहुँ। तनहुँ सदरमुकाम दमौलीस्थित जिल्ला कारागारमा १५ शय्याको आइसोलेशन कक्ष निर्माण गरिएको छ।कारागारको पुरानो भवनमा आइसोलेसन कक्ष निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ।

">