डोटी। जिल्ला प्रशासन कार्यालय डोटीमा केही दिनयता सेवाग्राहीको भीड बढेको छ।
कार्यालयमा यहाँका ग्रामीण क्षेत्रबाट दैनिक २०० जनासम्म सेवाग्राही आउने गरेका छन्। सेवाग्राहीको भीड बढेपछि कोरोना जोखिम बढ्नसक्ने भन्दै चिन्ता थपिन थालेको छ ।
बाढीपहिरोपीडितका लागि राहत, नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतका सेवा लिन आउनेहरूको भीड बढ्न थालेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए।
सबैभन्दा बढी नागरिकता बनाउन आउनेको भीड लाग्ने गरेको कार्यालयले जनाएको छ।
महामारीका कारण घरमा आएका र एसइई परीक्षामा उत्तीर्ण भएका १६ वर्ष पुगेका यहाँका नागरिकको नागरिकता बनाउनका लागि कार्यालयमा भीड लाग्न थालेको शाखा अधिकृत शिवकुमार राईले जानकारी दिए।
उनले भने, “पछिल्लो केही दिनयतादेखि सेवाग्राहीको थेगिनसक्नु भीड लाग्ने गरेको छ, सबैभन्दा बढी नागरिकता लिनेछन्।” उनका अनुसार अहिले दैनिक कम्तीमा ९० देखि १०० जनाले नागरिकता लिँदै आएका छन् ।
दिपायलमा रहेको सेती प्राविधिक शिक्षालयसहित यहाँका अन्य सरकारी विद्यालयमा प्राविधिक विषयमा आवेदन खुलेपछि त्यहाँ पढ्नका लागि पनि एसइई पास भएका विद्यार्थी नागरिकता बनाउन आएको नागरिकता फाँटका कर्मचारी गौतम रोकाया बताउँछन्। रासस
" /> डोटी। जिल्ला प्रशासन कार्यालय डोटीमा केही दिनयता सेवाग्राहीको भीड बढेको छ।कार्यालयमा यहाँका ग्रामीण क्षेत्रबाट दैनिक २०० जनासम्म सेवाग्राही आउने गरेका छन्। सेवाग्राहीको भीड बढेपछि कोरोना जोखिम बढ्नसक्ने भन्दै चिन्ता थपिन थालेको छ ।

">