भारतमा ५५ लाख ८३ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त

काठमाडौं। छिमेकी देश भारतमा अहिलेसम्म ५५ लाख ८३ हजार ४५३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

त्यहाँ ६६ लाख २२ हजार १८० जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।

पछिल्लो २४ घण्टामा ७४ हजार ७६७ संक्रमित थपिएका छन्। त्यस्तै ९०२ जनाको मृत्यु भएको छ।

भारतमा अहिलेसम्म एक लाख दुई हजार ७१४ जनाको कोभिड-१९ बाट मृत्यु भइसकेको छ।

अहिले त्यहाँ सक्रिय संक्रमित नौ लाख ३६ हजार १३ जना छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।

प्रतिक्रिया दिनुहोस्