काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु भएको हो।
मृत्यु हुनेमा पाँच वर्षीया बालिकादेखि ७७ वर्षीय पुरूषसम्म रहेका छन्।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५३५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा चितवनकी ५५ वर्षीया महिला, काठमाडौंका ५५ वर्षीय पुरूष, ललितपुरका ७७ वर्षीय पुरूष रहेका छन्।
यसैगरी, मकवानपुरकी पाँच दिनकी बालिका, बाँकेकी २५ वर्षीया महिला र कञ्चनपुरकी २९ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युको दर ०.६२ प्रतिशत रहेको छ।
" /> काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ।पछिल्लो २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु भएको हो।

">