कोरोना संक्रमणबाट निको हुनेको संख्या ६४ हजार नाघ्यो, आज थप १ हजार ३२९ जना डिस्चार्ज

काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ६४ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ३२९ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्।

यससँगै कूल निको हुनेको संख्या ६४ हजार ६९ पुगेको हो।

गत २४ घण्टामा दुई हजार २५३ जना नयाँ थपिएसँगै नेपालमा कूल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ।

हाल सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ।