थप २ हजार २५३ जनामा काेराेना संक्रमण पुष्टि
<p>काठमाडौं। नेपालमा दुई हजार २५३ जना काेराेना भाइरसका सङ्क्रमित थपिएका छन्।</p>
<p>गत २४ घण्टामा गरिएकाे पीसीआर परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएकाे छ।</p>
<p>मन्त्रालयका अनुसार साे अवधिमा १२ हजार ७८४ जनाकाे पीसीआर परीक्षण गरिएको थियो।</p>
<p>यससँगै नेपालमा कूल संक्रमितकाे संख्या ८६ हजार ८२३ पुगेकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्
