काठमाडौं। दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क)को सदस्य राष्ट्रको कूल जनसंख्यामध्ये ०.३९ प्रतिशतमा कोरोना संक्रमण रहेको पाइएको छ।
वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार सार्कका नेपाल, भारत, माल्दिभ्स, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, भुटान र बंगलादेश गरी ८ सदस्य राष्ट्रको जनसंख्या एक अर्ब ८६ करोड १७ लाख ५२ हजार ८८० रहेको छ। यीमध्ये ७३ लाख ६७ हजार ६०४ जनामा कोरोना संक्रमण भइसकेको छ।
विश्व जनसंख्या र कोरोना संक्रमणको तुलनामा सार्कमा संक्रमण संख्या उच्च देखिन्छ। विश्वमा अहिले सात अर्ब ८१ करोड जनसंख्या रहेको अनुमान छ।
विश्वको कूल जनसंख्यामध्ये तीन करोड ५१ लाख ३३ हजार ८२ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ। अर्थात, विश्वका ०.००४ प्रतिशत मानिसमा कोरोना संक्रमण रहेको छ।
सार्कमा विश्वको कूल जनसंख्यामध्ये २३.८३ प्रतिशत रहेको छ। विश्वमा रहेका कूल कोरोना भाइरस संक्रमितमध्ये २०.९७ प्रतिशत अहिले सार्कमा रहेका छन्।
कोरोनाका कारण विश्वमा ज्यान गुमाउनेमध्ये ११.१४ प्रतिशत सार्कमा छन्। विश्वमा निको भएका संक्रमितमध्ये २३.७१ प्रतिशत सार्क क्षेत्रमा छन्। हालसम्म सार्कको कूल जनसंख्यामध्ये ४.६३ प्रतिशतको कोरोना परीक्षण गरिएको छ।
संक्रमण
वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार सार्क राष्ट्रमा हालसम्म ७३ लाख ६७ हजार ६०४ जनामा कोरोना संक्रमण भएको छ। सार्कमा कोरोना संक्रमित मध्ये सबैभन्दा बढी भारतमा रहेका छन्।
भारतमा हालसम्म ६५ लाख ४७ हजार ४१३ जनामा संक्रमण पुष्टि भइसकेको छ। भारतको कूल जनसंख्याको ०.४७ मा कोरोना संक्रमण भएको छ।
नेपालमा हालसम्म ८४ हजार ५७० जनामा कोरोना संक्रमण भएको छ। नेपालको कूल जनसंख्यामध्ये ०.२८ प्रतिशतमा कोरोना संक्रमण भएको छ।
भुटानमा हालसम्म २८३ जनामा कोरोना संक्रमण देखिएको छ। भुटानको कूल जनसंख्यामध्ये ०.०३ प्रतिशतमा कोरोना पुगेको छ।
श्रीलंकामा तीन हजार ३९५ जनालाई कोरोना संक्रमण भएको छ। श्रीलंकाको कूल जनसंख्याको ०.०१ प्रतिशतमा मात्र कोरोना संक्रमण भएको छ।
माल्दिभ्समा १० हजार ४६५ जनामा कोरोना पुष्टि भइसकेको छ। माल्दिभ्सको कूल जनसंख्यामध्ये १.९२ प्रतिशतलाई कोरोना संक्रमण भएको छ।
अफगानिस्तानमा हालसम्म ३९ हजार २९७ जनामा कोरोना संक्रमण भएको छ। अफगानिस्तानमा कूल जनसंख्याको ०.१० प्रतिशतमा कोरोना संक्रमण भएको पाइएको छ।
पाकिस्तानमा हालसम्म तीन लाख १४ हजार ६१६ जनामा संक्रमण भएको छ। कोरोना संक्रमण पाकिस्तानको कूल जनसंख्याको ०.१४ प्रतिशतमा पुगेको छ।
बंगलादेशको तीन लाख ६७ हजार ५६५ जनामा संक्रमणको पुष्टि भइसकेको छ। बंगलादेशको कूल जनसंख्यामध्ये ०.२२ प्रतिशतलाई कोरोना संक्रमण भएको छ।
निको हुने
सार्कमा रहेका कूल कोरोना संक्रमितमध्ये ६१ लाख ९४ हजार १४४ जना निको भइसकेका छन्।
निको हुनेको सबैभन्दा ठूलो संख्या भारतमा रहेको छ। भारतमा हालसम्म ५५ लाख ६ हजार ७३२ जनालाई कारेना निको भइसकेका छ। नेपालमा कोरोना निको हुनेको संख्या ६२ हजार ७४० रहेको छ।
वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार हालसम्म भुटानमा २२९, श्रीलंकामा तीन हजार २५४, माल्दिभ्समा ९ हजार ३१०, अफगानिस्तानमा ३२ हजार ८४२, पाकिस्तानमा २ लाख ९८ हजार ९६८ र बंगलादेशमा २ लाख ८० हजार ६९ जना संक्रमित निको भइसकेक छन्।
सार्क राष्ट्रमा रहेका संक्रमितमध्ये भुटानमा ८०.९१ प्रतिशत, श्रीलंकामा ९५.८४ प्रतिशत, माल्दिभ्समा ८८.९६ प्रतिशत, अफगानिस्तानमा ८३.५७ प्रतिशत, नेपालमा ७४.१८, पाकिस्तानमा ९५.०२ प्रतिशत, बंगलादेशमा ७६.१९ प्रतिशत र भारतमा ८४.१० निको भइसकेका छन्। सार्क राष्ट्रमा निको हुने संक्रमितको दर सबैभन्दा कम नेपालम रहेको देखिन्छ।
कोरोनाका कारण मृत्यु
सार्कमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख १५ हजार ६८७ पुगेको छ। सार्कमा रहेका कूल संक्रमितमध्ये १.५७ प्रतिशतको मृत्यु भएको छ।
सार्कम मृत्यु हुनेमा सबै ठूलो संख्या भारतम रहेको छ। भारतमा हालसम्म एक लाख एक हजार ८१२ जनाको मृत्यु भइसकेको छ। कोरोनाका कारण भुटानमा हालसम्म एकजनाको पनि मृत्यु भएको छैन।
कोरोनाका कारण श्रीलंकामा १३, माल्दिभ्समा ३४, अफगानिस्तानमा १ हजार ४६२, नेपालमा ५२८, पाकिस्तानमा ६ हजार ५१३ र बंगलादेशमा ५ हजार ३२५ जनाको मृत्यु भएको छ।
सार्क सदस्य राष्ट्रमा रहेका कूल संक्रमितमध्ये श्रीलंकामा ०.३८ प्रतिशत, माल्दिभ्समा ०.३२ प्रतिशत, अफगानिस्तानमा ४.०२ प्रतिशत, नेपालमा ०.६२ प्रतिशत, पाकिस्तानमा २.०७ प्रतिशत, बंगलादेशमा १.४४ प्रतिशत र भारतमा १.५५ प्रतिशतको मृत्यु् भएको छ।
स्वास्थ्य परीक्षण
सार्क राष्ट्रमा हालसम्म कोरोना भाइरस संक्रमणको आशंकामा ८ करोड ६३ लाख ६८ हजार ६९७ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। सार्क क्षेत्रको कूल जनसंख्याको ४.६३ प्रतिशतको स्वास्थ्य परिक्षण गरिसकिएको छ।
भुटानमा एक लाख ३९ हजार ६२९, श्रीलंकामा २ लाख ८९ हजार ५८८, माल्दिभ्समा १ लाख ४९ हजार १३५, अफगानिस्तानमा १ लाख ११ हजार ५८०, नेपालमा १० लाख ६१ हजार ६६४, पाकिस्तानमा ३६ लाख ४४ हजार ७६२, बंगलादेशमा १९ लाख ७९ हजार ८०५ र भारतमा ७ करोड ८९ लाख ९२ हजार ५३४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।
सार्क सदस्य राष्ट्रको कूल जनसंख्यामध्ये भुटानले १८.०४ प्रतिशत, श्रीलंकाले १.३५ प्रतिशत, माल्दिभ्सले २७.४६ प्रतिशत, अफगानिस्तानले ०.२८ प्रतिशत, नेपालले ३.६२ प्रतिशत, पाकिस्तानले १.६४ प्रतिशत, बंगलादेशले १.१९ प्रतिशत र भारतले ५.७० प्रतिशत आफ्ना जनताको कोरोना संक्रमण भए/नभएको थाहा पाउन स्वास्थ्य परीक्षण गरेका छन्।
" /> काठमाडौं। दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क)को सदस्य राष्ट्रको कूल जनसंख्यामध्ये ०.३९ प्रतिशतमा कोरोना संक्रमण रहेको पाइएको छ।वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार सार्कका नेपाल, भारत, माल्दिभ्स, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, भुटान र बंगलादेश गरी ८ सदस्य राष्ट्रको जनसंख्या एक अर्ब ८६ करोड १७ लाख ५२ हजार ८८० रहेको छ। यीमध्ये ७३ लाख ६७ हजार ६०४ जनामा कोरोना संक्रमण भइसकेको छ।

">