न्यायाधीशमा कोरोना संक्रमणपछि सर्वोच्च अदालतकाे एउटा बाहेक सबै इजलास बन्द
काठमाडौं । एकजना न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि सर्वोच्च अदालतले एउटा बाहेकका सबै इजलास बन्द गरेको छ।

सतर्कता स्वरुप अदालतले इजलास बन्द गरेको हो।

अदालतले आइतबार विज्ञप्तिमार्फत् न्यायाधीशसँगै केही अधिकृत र कर्मचारीहरूमा संक्रमण देखिएको जनाएको छ।

अदालतका अनुसार हाल उनीहरू सबैजना हाल घर एकान्तवासमा रहेका छन्।

अदालतले कतिजना अधिकृत र कर्मचारी संक्रमित हो भन्ने खुलाएको छैन।

आज न्यायाधीश डा. मनोजकुमार शर्माको एकज इजलास छ।

इजलासमा दुई निवेदन र ९ वटा रिटको सनुवाइका लागि पेशी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देबेन्द्र ढकालले बताए।

प्रतिक्रिया दिनुहोस्