काठमाडौं। हिमालय एअरलाइन्सले काठमाडौं उपत्यकाका तीन अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ।
कोरोना महामारीविरुद्ध लडाइँको अग्रभागमा उभिएका चिकित्सकको मनोबल बढाउने लक्ष्यसहित सहयोग गरेको कम्पनीले बताएको छ।
शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर र मनमोहन मेमोरियल सामुदायिक हस्पिटललाई ती सामग्री प्रदान गरिएको हो।
एअरलाइन्सको तर्फबाट ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख उज्ज्वला दलीले स्वास्थ्य सामग्री हस्तान्तरण गरिन्।
शहीद गंगालाल हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रञ्जित बराललाई १०० थान पीपीई सेट र १०० थान आरडीटी परीक्षण किट प्रदान प्रदान गरिएको छ।
त्यसैगरी ट्रमा सेन्टरमा १०० थान पीपीई सेट र १०० थान आरडीटी परीक्षण किट सहयोग गरिएको छ।
साथै एअरलाइन्सले मनमोहन मेमोरियल हस्पिटललाई पीपीई र आरडीटी परीक्षण किट एक/एक सय थान, सर्जिकल मास्क २०० थान, सर्जिकल ग्लोभ्स २०० थान, एन-९५ मास्क ५० थान, फेस सिल्ड ५० थान, शु-कभर ५०० थान र ५ बोत्तल स्यानिटाइजर दिइएको छ।
" /> काठमाडौं। हिमालय एअरलाइन्सले काठमाडौं उपत्यकाका तीन अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ।कोरोना महामारीविरुद्ध लडाइँको अग्रभागमा उभिएका चिकित्सकको मनोबल बढाउने लक्ष्यसहित सहयोग गरेको कम्पनीले बताएको छ।

">