कर्णाली। पछिल्ला दिनहरूमा कर्णालीमा कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन। दिनहुँ संक्रमित बढ्ने क्रम जारी भए सावधानी भने कम पाइएको छ।
हिजो कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा ४२ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ गरी ५१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए।
संक्रमितमध्ये १२ जना स्वास्थ्यकर्मी छन्। थपिएकासहित यस प्रदेशमा कुल संक्रमित तीन हजार ७८० पुगेको छ। सुर्खेतका ३७, दैलेखका १०, कालीकोटका एक र प्रदेशबाहिरका तीनजनालाई कोभिड-१९ पोजिटिभ देखिएको हो।
हिजै यहाँबाट ४५ जना संक्रमणमुक्त भएका छन्। कर्णालीमा संक्रमणमुक्त हुनेको संख्या तीन हजार ९० पुगेको अधिकृत कँडेलले जानकारी दिए। रासस
" /> कर्णाली। पछिल्ला दिनहरूमा कर्णालीमा कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन। दिनहुँ संक्रमित बढ्ने क्रम जारी भए सावधानी भने कम पाइएको छ।हिजो कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा ४२ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ गरी ५१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए।

">