विश्वमा कोभिड-१९: संक्रमितको संख्या साढे तीन करोड नाघ्यो

काठमाडौं। विश्वमा संक्रमितको संख्या तीन करोड ५१ लाख २१ हजार ८०४ पुगेको छ।

पछिल्लो २४ घण्टामा दुई लाख ९३ हजार ९०१ संक्रमित थपिएका हुन्।

कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ३७ हजार ५१९ पुगेको छ।

पछिल्लाे २४ घण्टामा थप चार हजार ७८६ जनाकाे मृत्यु भएकाे हाे।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ६१ लाख ११ हजार ९६५ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७९ लाख ७२ हजार ३२० छ। त्यसमध्ये ६६ हजार २५२ जना गम्भीर अवस्थाका छन्।

यसै गरी अमेरिकामा संक्रमितको संख्या ७६ लाख ३८३ पुगेको छ भने भारतमा ६५ लाख ४७ हजार ४१३ पुगेको छ।

ब्राजिलमा संक्रमितको संख्या ४९ लाख ६ हजार ८३३ छ।

प्रतिक्रिया दिनुहोस्