नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ।
मधुमेह, उच्चरक्तचाप र मुटु रोगबाट पीडित नेपालगञ्ज उपमहानगरपालिका–१२ का ६० वर्षीय पुरुषको उपचारकै क्रममा भेरी अस्पतालमा आज साँझ ४ बजेर ५६ मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिएका छन्।
श्रेष्ठका अनुसार, स्वास्थ्यमा समस्या आएपछि असोज १५ गते बिहान १० बजे भेरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो। रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत विरामीको अवस्थामा सुधार आउन नसकेर उपचारकै क्रममा उनको मृत्यु भएको कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु भएकाको सङ्ख्या २० पुगेको छ।
" /> नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ।मधुमेह, उच्चरक्तचाप र मुटु रोगबाट पीडित नेपालगञ्ज उपमहानगरपालिका–१२ का ६० वर्षीय पुरुषको उपचारकै क्रममा भेरी अस्पतालमा आज साँझ ४ बजेर ५६ मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिएका छन्।

">