काठमाडौं। मलुकका विभिन्न कारागारमा रहेका ७००भन्दा बढी कैदीबन्दीलाई कोभिड–१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ। सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए। सबैभन्दा बढी केन्द्रीय कारागार सुन्धारामा रहेका ६ सङ्क्रमितको मृत्यु भएको जनाइएको छ। बाँके र मोरङ्मा एक/एक जनाको मृत्यु भएको सापकोटाले बताए।
प्राप्त विवरणअनुसार अहिलेसम्म विभिन्न कारागारमा एक हजार ९०० भन्दा बढीको पीसीआर परीक्षण भएको छ। त्यसमध्ये ७०० पोजिटिभ भएको र झण्डै २०० उपचारपछि निको भएको जनाइएको छ।
विभागले ज्वरो, खोकी आएका र सम्भावित लक्षण देखिएकाको परीक्षण गर्ने गरेको छ। सङ्क्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरी उच्च सावधानी अपनाइएको र बाहिरको भेटघाटलाई समेत बन्द गरिएको छ।
आफन्तले ल्याएको खानेकुरासमेत निषेध गरिएको सूचना अधिकारी सापकोटाले बताए। शङ्कास्पद व्यक्तिलाई क्वारेन्टिनमा राखेर उपचार गर्ने गरिएको छ।
विभागका अनुसार पर्सा, बाँके, स्याङ्जा, ललितपुर, सिन्धुपाल्चोक, काठमाडौं, पाँचथर, जुम्ला, सप्तरी, सिरहा, सुनसरी, मोरङलगायत कारागारमा कोरोना देखिएको छ।
रासस
" /> काठमाडौं। मलुकका विभिन्न कारागारमा रहेका ७००भन्दा बढी कैदीबन्दीलाई कोभिड–१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ। सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए। सबैभन्दा बढी केन्द्रीय कारागार सुन्धारामा रहेका ६ सङ्क्रमितको मृत्यु भएको जनाइएको छ। बाँके र मोरङ्मा एक/एक जनाको मृत्यु भएको सापकोटाले बताए।प्राप्त विवरणअनुसार अहिलेसम्म विभिन्न कारागारमा एक हजार ९०० भन्दा बढीको पीसीआर परीक्षण भएको छ। त्यसमध्ये ७०० पोजिटिभ भएको र झण्डै २०० उपचारपछि निको भएको जनाइएको छ।

">