काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीका तीन सल्लाहकार, स्वकीय सचिव, सुरक्षा तथा अनुसन्धानतर्फका गरी ७४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीका सबै भेटघाट बन्द गरिएको छ।
प्रधानमन्त्रीका सल्लाहकार र स्वकीय सचिवसहित ४ जना, नेपाली सेनाका २८ जना, सशस्त्र प्रहरीका १८ जना, नेपाल प्रहरीका २१ जना र राष्ट्रिय अनुसन्धानका ३ जनामा गरी कूल ७४ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको हो।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीको भने कोरोना सङ्क्रमणको रिपोर्ट नेगेटिभ आएको थियो। यसअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापाले आफू कोभिड-१९ बाट सङ्क्रमित भएको ट्वीटमार्फत् जानकारी दिएका छन्।
अझै ४५ जनाको कोरोना परीक्षणको नतिजा आउन बाँकी भएको बताइएको छ।
" /> काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीका तीन सल्लाहकार, स्वकीय सचिव, सुरक्षा तथा अनुसन्धानतर्फका गरी ७४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीका सबै भेटघाट बन्द गरिएको छ।प्रधानमन्त्रीका सल्लाहकार र स्वकीय सचिवसहित ४ जना, नेपाली सेनाका २८ जना, सशस्त्र प्रहरीका १८ जना, नेपाल प्रहरीका २१ जना र राष्ट्रिय अनुसन्धानका ३ जनामा गरी कूल ७४ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको हो।

">