प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई कोरोना सङ्क्रमण
<p style="text-align: justify;">काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।</p>
<p style="text-align: justify;">हिजो गरिएको परीक्षणको नतिजा पोजिटिभ आएको थापाले जानकारी दिएका छन्। थापाले आफूसँग सम्पर्कमा रहेकाहरूलाई सावधानी अपनाउन पनि सुझाएका छन्।<br />
</p>
प्रतिक्रिया दिनुहोस्
