काठमाडाैं। भक्तपुरकाे मध्यपुरथिमि-१, लोहकिल्थलीमा कोरोना सङ्क्रमणका कारण एक पुरुषको आज बिहान मृत्यु भएको छ।
घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ।
पाँच दिनअघि कोरोना पुष्टि भएका ती पुरुषमा पहिले निमोनियाका पुराना बिरामी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसमेत रहेका ती पुरुषलाई शुक्रबार साँझ श्वासप्रश्वासमा समस्या भएर अवस्था जटिल बनेको थियो।
यससँगै भक्तपुरमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ।
यस्तै झापाको दमक नगरपालिका-७ की एक वृद्धाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ। विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६८ वर्षीया महिलाको मृत्युु भएको हो।
केही दिनअघि ज्वरोसँगै रुघाखोकी लागेपछि उनलाई पाँच दिनदेखि कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो।
उपचार केन्द्रको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनकाे आज बिहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए।
यसअघि दमक-१ का एक ५८ वर्षीय सङ्क्रमित पुरुषको पनि काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो। यससँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ।
यसैगरी चितवनमा कोरोनाको सङ्क्रमणबाट आज एक पुरुषको मृत्यु भएको छ। पुरानो मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका-१५ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।
असोज १५ गते कलेजोको समस्या भई अस्पताल भर्ना भएका उनमा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
अस्पतालको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा आज बिहान १०ः४४ बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क विभागले जनाएकाे छ।
यससँगै चितवनका २३ जनाको काेरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।
" /> काठमाडाैं। भक्तपुरकाे मध्यपुरथिमि-१, लोहकिल्थलीमा कोरोना सङ्क्रमणका कारण एक पुरुषको आज बिहान मृत्यु भएको छ।घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ।

">