कैलाली। सुदूरपश्चिम प्रदेशमा कडा खालको लक्षण देखिएका तीनजना कोरोना संक्रमितलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको छ। एकजनालाई अन्यत्रै रेफर गरिएको छ ।
तीन संक्रमितलाई सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना अस्थायी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीका दुई र कञ्चनपुरका एकजनाको आईसीयूमा राखेर उपचार भइरहेको छ।
असोज १३ गते कोरोना पुष्टि भएका धनगढी उपमहानगरपालिका-५ का ५५ वर्षीय पुरुष, असोज १५ गते संक्रमण देखिएकी गौरीगंगा नगरपालिका-११ की ५५ वर्षीया महिला र असोज १० गते संक्रमण पुष्टि भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५ का ३८ वर्षीय पुरुषको आईसीयूमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए।
त्यस्तै कञ्चनपुरकी २९ वर्षीया संक्रमित महिलालाई भने सेती अस्पतालमा उपचार सम्भवः नभएपछि अन्यत्र रेफर गरिएको सूचना अधिकारी श्रेष्ठले बताए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा कडा खालको लक्षण देखिएका तीनजना कोरोना संक्रमितलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको छ। एकजनालाई अन्यत्रै रेफर गरिएको छ ।तीन संक्रमितलाई सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना अस्थायी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको हो।

">