काठमाडौँ। नेपालमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दो छ।
हिजो शुक्रबार एकैदिन दुई हजार ७२२ मा सङ्क्रमण देखिँदा सबैलाई झस्काएको छ।
दिनहुँ सङ्ख्या मात्र बढेको नभई कोरोना सङ्क्रमणको दर पनि बढेको तथ्याङ्कले देखाएको छ।
पछिल्ला पाँच दिनयता सङ्क्रमण दर बढेको पाइएको छ।
सोमबार १२ गते कोभिड-१९ को कूल परीक्षणमध्ये सङ्क्रमणको दर १३.४ प्रतिशत थियो भने शुक्रबारसम्ममा यो दर १८.४७ प्रतिशतमा बढेको छ।
सोमबार (असोज १२ गते) कूल परीक्षणको सङ्ख्या १० हजार ८० थियो भने कूल सङ्क्रमितको सङ्ख्या एक हजार ३५१ रहेको थियो। यसअनुसार कूल परीक्षणमध्ये सङ्क्रमणको दर १३.४ प्रतिशत हुन आउँछ।
यो दर मङ्गलबार (असोज १३ गते) बढेर १३.८९ प्रतिशत पुगेको छ। बुधबार (असोज १४ गते) कूल परीक्षणमध्ये सङ्क्रमणको दर घटे १२.७७ घटे पनि पुनः बिहीबार (असोज १५ गते) यो दर बढेर १५.३६ पुगेको छ।
यहाँ स्मरणीय छ, प्रत्येक दिन कूल कोरोना परीक्षण बढिरहेको छ र त्यसअनुसार कूल सङ्क्रमित सङ्ख्या पनि बढिरहेको हो।
शुक्रबार (असोज १६ गते)सम्ममा यो सङ्क्रमण दर १८.४७ प्रतिशत पुगेको छ, जुन गत पाँच दिनसम्मकै उच्च हो। सोमबारभन्दा यो दर ५ अङ्कभन्दा बढी हो।
" /> काठमाडौँ। नेपालमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दो छ।हिजो शुक्रबार एकैदिन दुई हजार ७२२ मा सङ्क्रमण देखिँदा सबैलाई झस्काएको छ।

">