काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र तीन लाख १० हजार ३५३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा पाँच हजार ४६७ जनाको मृत्यु भएको छ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ४८ लाख १३ हजार ६२५ र मृत्यु हुनेको संख्या १० लाख ३२ हजार ६०५ पुगेको छ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ७९ हजार ७७४ जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार ६९ जनाले ज्यान गुमाएका हुन्।
अमेरिकामा पछिल्लो २४ घण्टाभित्र ५० हजार ८१२ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ८३४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
ब्राजिलमा ३३ हजार जना नयाँ संक्रमित थपिएका छन् भने ६६४ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।
गत २४ घण्टाभित्र अर्जेन्टिनामा १४ हजार ६८७, फ्रान्समा १२ हजार १४८, रसियामा नौ हजार ४१२, कोलम्बियामा ६ हजार १९२, मेक्सिकोमा पाँच हजार तथा स्पेनमा तीन हजार ७२२ जना नयाँ संक्रमित थपिएका छन्।
" /> काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र तीन लाख १० हजार ३५३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा पाँच हजार ४६७ जनाको मृत्यु भएको छ।पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ४८ लाख १३ हजार ६२५ र मृत्यु हुनेको संख्या १० लाख ३२ हजार ६०५ पुगेको छ।

">