काठमाडौं। नेपालगन्जमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ। २५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोल घर भइ एक वर्षदेखि नेपालगन्ज-९ बाँकेगाउँमा बस्दै आएकी महिलालाई भदौ ३० गते अस्पताल भर्ना गरिएको थियो। भर्ना भएकै दिन उनमा कोरोना पोजिटिभ देखिएको थियो।
उनको फोक्सोमा निमोनिया भएको थियो। रेमडिसिभर र प्लाज्माथेरापी लगायतका उपाय अपनाउँदा पनि ती महिलालाई बचाउन नसकिएको अस्पतालले जनाएको छ।
उनी नेपालगन्जस्थित निदान डाइग्नोष्टिक सेन्टरमा लेखाशाखामा कार्यरत थिइन्।
" /> काठमाडौं। नेपालगन्जमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ। २५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोल घर भइ एक वर्षदेखि नेपालगन्ज-९ बाँकेगाउँमा बस्दै आएकी महिलालाई भदौ ३० गते अस्पताल भर्ना गरिएको थियो। भर्ना भएकै दिन उनमा कोरोना पोजिटिभ देखिएको थियो।

">