काठमाडौं। चीनको वुहानमा पहिलो पटक देखा परेको कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या नेपालमा पनि निरन्तर उकालो लाग्दै छ।
नेपालमा हालसम्म ८२ हजार ४५० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। यो कोरोनाको उद्गमस्थल चीनको हालसम्मको कूल सङ्क्रमित सङ्ख्याभन्दा दुई हजार ९७४ ले कम हो। यसरी नै बढ्दै जाने हो भने कूल सङ्क्रमितको सङ्ख्यामा नेपालले चीनलाई भोलिपर्सि नै उछिन्न सक्ने देखिन्छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ कूल सङ्क्रमितमध्ये ६० हजार ६९६ जना सङ्क्रमणमुक्त भइसकेका छन्। २१ हजार २३४ जना सक्रिय सङ्क्रमित छन्। ५२० जना सङ्क्रमितको मृत्यु भएको छ।
कोरोना भाइरसले युरोप र अमेरिकालाई आक्रान्त बनाइरहँदा पनि नेपालमा फाट्ट-फुट्ट मात्रै सङ्क्रमित भेटिएका थिए। चैतदेखि जारी भएको देशव्यापी लकडाउन-निषेधाज्ञा हुँदै भदौको पहिलो सातादेखि सामान्य अवस्थामा फर्किने तयारी गरिरहेको नेपालमा अहिले कोरोनाको महामारी उत्कर्षमा देखिन्छ। पछिल्लो २४ घण्टामा १४ हजार ७३९ जनाको परीक्षण गर्दा दुई हजार ७२२ जना सङ्क्रमित भेटिनुले पनि यसलाई पुष्टि गर्छ।
" /> काठमाडौं। चीनको वुहानमा पहिलो पटक देखा परेको कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या नेपालमा पनि निरन्तर उकालो लाग्दै छ।नेपालमा हालसम्म ८२ हजार ४५० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। यो कोरोनाको उद्गमस्थल चीनको हालसम्मको कूल सङ्क्रमित सङ्ख्याभन्दा दुई हजार ९७४ ले कम हो। यसरी नै बढ्दै जाने हो भने कूल सङ्क्रमितको सङ्ख्यामा नेपालले चीनलाई भोलिपर्सि नै उछिन्न सक्ने देखिन्छ।

">