कोरोनाबाट थप ११ जनाको मृत्यु
काठमाडौं। कोरोना भाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या ५२० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार २४ घण्टामा कोरोना कै कारण ज्यान गुमाउनेको संख्या ११ जना छ।
गत २४ घण्टामा ४ जना महिला र ७ जना पुरुषको मृत्यु भएको छ। यसरी मृत्यु हुनेमा मोरङका २७, ललितपुरका ३२ र ७०, मकवानपुरका ७८, रूपन्देहीका ६०, बाँकेका ५२ र ५९ वर्षीय पुरुष छन्।
अहिले देशभर २१० जना आईसीयू तथा २९ जना भेन्टिलेटरमा उपचाररत छन्।
प्रतिक्रिया दिनुहोस्