काठमाडौं उपत्यकामा एकैदिन थपिए १६३८ कोरोना सङ्क्रमित
<p>काठमाडौं। काठमाडौं उपत्यकामा थप १६३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p>
<p>स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार आज काठमाडौंमा १ हजार २८० जनामा, भक्तपुरमा १९६ जनामा र ललितपुरमा १६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।</p>
<p>स्वास्थ्य मन्त्रालयको वेबसाइटमा जनाइएअनुसार आजसम्म काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या २५ हजार नाघिसकेको छ। अहिले साढे ४ बजेसम्मको अपडेट अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमितको संख्या क्रमश: २० हजार ३९२, २ हजार ५२५ र दुई हजार १८६ छ।</p>
<p> </p>
प्रतिक्रिया दिनुहोस्
