भारतमा कोरोना संक्रमणबाट २४ घण्टामा एक हजारभन्दा बढीको मृत्यु

काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा एक हजार ९६ जनाको मृत्यु भएको छ।

यो अवधिमा त्यहाँ थप ८१ हजार ६९३ जनामा संक्रमण पुष्‍टि भएको छ।

भारतमा कुल संक्रमित संख्या ६३ लाख ९१ हजार ९६० पुगेको छ। तीमध्ये ९९ हजार ८०४ जनाको मृत्यु भएको छ।

अहिलेसम्म ५३ लाख ४८ हजार ६५३ जना संक्रमणमुक्त भएका छन्।

अहिले नौ लाख ४३ हजार ५०३ जना सक्रिय संक्रमित रहेकोमा आठ हजार ९४४ जना गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ।