विश्वमा कोभिड-१९: एकैदिन साढे ८ हजारभन्दा बढीको मृत्यु

काठमाडौं। विश्वमा काेराेना संक्रमितको संख्या तीन करोड ४४ लाख ६३ हजार ९३० पुगेको छ।

पछिल्लो २४ घण्टामा तीन लाख १३ हजार ३६९ संक्रमित थपिएका हुन्।

कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख २७ हजार ३४ पुगेको छ।

पछिल्लाे २४ घण्टामा थप आठ हजार ८२३ जनाकाे मृत्यु भएकाे हाे।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ५६ लाख ४७ हजार ६३१ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७७ लाख ८९ हजार २६५ छ। त्यसमध्ये ६६ हजार ८४ जना गम्भीर अवस्थाका छन्।

यसै गरी अमेरिकामा संक्रमितको संख्या ७४ लाख ९४ हजार ९७ पुगेको छ भने भारतमा ६३ लाख ९१ हजार ९६० पुगेको छ। ब्राजिलमा संक्रमितको संख्या ४८ लाख ४९ हजार २२९ छ।

प्रतिक्रिया दिनुहोस्