काठमाडौं। कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ। कर्णाली प्रादेशिक अस्पताल, कालागाउँ सुर्खेतमा कार्यरत प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन डा. हरि प्रसाद सापकोटाको कोरोना संक्रमणबाट आज मृत्यु भएको हो। ५९ वर्षीय सापकोटाको स्वासप्रश्वासमा समस्या देखिएपछि असोज १ गते भेरी अस्पतालको कोभिड विशेष आइसोलेसन वार्डमा भर्ना गरी उपचार सुरु गरिएको थियो।
उनले मधुमेहका लागि इन्सुलिन र उच्च रक्तचापका लागि नियमित औषधि लिने गर्थे। अस्पतालमा भर्ना हुँदा मधुमेह नियन्त्रणमा नआएको अस्पतालले जनाएको छ।
उनलाई सुरुमा अक्सिजन, ब्लड सुगर नियन्त्रणको निम्ति विभिन्न किसिमका इन्सुलिन र एन्टिबायोटिक राखिएको थियो। स्वास्थ्य अवस्था दिनप्रतिदिन विग्रिँदै गएपछि उनलाई रेम्डिसिभिर र प्लाज्मा थेरापी मार्फत समेत उपचार गरिएको थियो। त्यतिगर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकोप्टरमार्फत सुविधासम्पन्न अस्पताल लैजाने तयारी गरिएको थियो।
तर, अक्सिजन सेचुरेसन निकै कम हुँदा रिफर गर्न नसकिएको भेरी अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सबै प्रयास गर्दा पनि उनको फोक्सोमा सुरुमा निमोनिया र त्यसपछि अन्य समस्या हुँदा बचाउन नसकिएको अस्पतालले जनाएको छ।
" /> काठमाडौं। कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ। कर्णाली प्रादेशिक अस्पताल, कालागाउँ सुर्खेतमा कार्यरत प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन डा. हरि प्रसाद सापकोटाको कोरोना संक्रमणबाट आज मृत्यु भएको हो। ५९ वर्षीय सापकोटाको स्वासप्रश्वासमा समस्या देखिएपछि असोज १ गते भेरी अस्पतालको कोभिड विशेष आइसोलेसन वार्डमा भर्ना गरी उपचार सुरु गरिएको थियो।उनले मधुमेहका लागि इन्सुलिन र उच्च रक्तचापका लागि नियमित औषधि लिने गर्थे। अस्पतालमा भर्ना हुँदा मधुमेह नियन्त्रणमा नआएको अस्पतालले जनाएको छ।

">