एजेन्सी। कोरोनाविरुद्धको भ्याक्सिन खरिद गर्नका लागि गरिब देशलाई विश्व बैंकले १२ बिलियन डलर सहयोग गर्ने योजना बनाउन थालेको छ। यो रकमले त्यस्ता मुलुकका दुई अर्ब मानिसलाई पुग्ने भ्याक्सिन उपलब्ध भएपछि किन्न सकिने बैंकले बताएको छ।
धनी देशहरूले भ्याक्सिन प्राप्त गर्नबाट कम आय भएका देशलाई बाहिर नपारून् भन्ने उद्देश्यले योजना बनाइएको बैंकको भनाइ छ। संस्थाले सम्बद्ध देशहरूले भ्याक्सिन किन्नका लागि आगामी १२ देखि १८ महिनासम्म अग्रिम भुक्तानी नगर्न पनि भनेको छ।
विश्व बैंकका अध्यक्ष डेभिड मालपासले यस्तो पहल आवश्यक रहेको बताएका छन्। कोभिड–१९ को प्रभाव विकसित मुलुकको तुलनामा निम्न तथा मध्यम आय भएका देशमा बढी परिरहेकाले पनि यो कदम चालिएको उनको भनाइ छ।
उनले भने, ‘‘यो सहयोगले ठूलो भूमिका खेल्न सक्छ, किनकि सुरक्षित र प्रभावकारी भ्याक्सिन पाएपछि मानिसहरुले आफ्नो जीवन निर्धक्कसँग जिउन पाउने छन्।’’ अमेरिका, बेलायत, चीन, रुसलगायतका देशले भ्याक्सिन निर्माणलाई तीव्रता दिएका छन्। विश्व बैंक भ्याक्सिन पाउन व्यग्र बनेको मालपास बताउँछन्।
उनी भन्छन्, ‘‘उच्च आय भएका देशले भ्याक्सिन पहिला नै आफ्नो लागि सुरक्षित गर्न थालेका छन्। यस्तोमा गरिब देशले पनि त्यो औषधि पाउने निश्चितता हुनुपर्छ।’’ मानिसहरू जबसम्म निर्धक्क बाँच्न, घुम्न, सामाजिक हुन, काम गर्न तबसम्म विश्व अर्थतन्त्र पुरानो गतिमा फर्कन सक्दैन। त्यसकारण पनि सुरक्षित र असरदार कोरोना भ्याक्सिन अत्यावश्यक छ।
मालपासले भने, ‘‘वित्तीय सहयोग उपचारका लागि मात्रै प्रयोग हुनुपर्छ, त्यसो होस् भनेर नियमन गरिने छ। कोरोना तत्कालै नियन्त्रणका लागि १२ बिलियन डलर सहयोगको योजना बनेको हो।’’
विश्व बैंकले सहयोग दिनका लागि सम्बद्ध मुलुकको स्वास्थ्य सेवाको अवस्थाबारे अध्ययन गरिसकेको छ। कोरोना नियन्त्रणमा बैंकले गरेको सहयोग लाभदायी बनाउन प्रयास गरिने पनि बैंकले बताएको छ।
दि गार्जियन
" /> एजेन्सी। कोरोनाविरुद्धको भ्याक्सिन खरिद गर्नका लागि गरिब देशलाई विश्व बैंकले १२ बिलियन डलर सहयोग गर्ने योजना बनाउन थालेको छ। यो रकमले त्यस्ता मुलुकका दुई अर्ब मानिसलाई पुग्ने भ्याक्सिन उपलब्ध भएपछि किन्न सकिने बैंकले बताएको छ।धनी देशहरूले भ्याक्सिन प्राप्त गर्नबाट कम आय भएका देशलाई बाहिर नपारून् भन्ने उद्देश्यले योजना बनाइएको बैंकको भनाइ छ। संस्थाले सम्बद्ध देशहरूले भ्याक्सिन किन्नका लागि आगामी १२ देखि १८ महिनासम्म अग्रिम भुक्तानी नगर्न पनि भनेको छ।

">