काठमाडौँ। आज देशभर १५ सय ५९ जना सङ्क्रमित थपिएका छन् भने ७ जनाले ज्यान गुमाएका छन्। यससँगै कूल सङ्क्रमितको सङ्ख्या ७७ हजार ८१७ पुगेको छ भने कोभिड-१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ४९८ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बुधबार दिइएको अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ को १२ हजार २०५ जनामा परीक्षण गरिएको थियो।
कोभिड-१९ का कारण मृत्यु हुनेमा दुई महिला र पाँच पुरुष रहेका छन्। मृत्यु हुने दुवै महिलामा काठमाडौँका रहेका छन्। काठमाडौँकी एक ३४ वर्षीया र ८६ वर्षीया महिलासँगै पुरुषहरूमा सुनसरीका ६० वर्षीय, मोरङका ६० वर्षीय, सप्तरीका ३९ वर्षीय, काठमाडौँका ५४ वर्षीय र रुपन्देहीका ८२ वर्षीय रहेका छन्।
यसै गरी, कोभिड-१९ सङ्क्रमणबाट निको भई घर फर्कनेमा १ हजार ५७ जना रहेका छन्। यससँगै निको भई घर फर्कनेको कूल सङ्ख्या ५६ हजार ४२८ पुगेको छ।