विश्वमा कोभिड-१९ : दुई करोड ५१ लाख संक्रमणमुक्त
काठमाडौं। विश्वमा संक्रमितको संख्या तीन करोड ३८ लाख २९ हजार ३१४ पुगेको छ।

पछिल्लो २४ घण्टामा दुई लाख ८३ हजार ६६६ संक्रमित थपिएका हुन्।

कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ११ हजार ८८७ पुगेको छ।

पछिल्लाे २४ घण्टामा थप पाँच हजार ७४९ जनाकाे मृत्यु भएकाे हाे।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ५१ लाख २९ हजार ९२० जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७६ लाख ८७ हजार ५०७ छ। त्यसमध्ये ६५ हजार ५९१ जना गम्भीर अवस्थाका छन्।

यसै गरी अमेरिकामा संक्रमितको संख्या ७४ लाख पाँच हजार ८०३, भारतमा ६२ लाख २३ हजार ५१९, ब्राजिलमा ४७ लाख ८० हजार ३१७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्