कोरोनाबाट थप १० जनाको मृत्यु

काठमाडौं। कोरोना भाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या ४९१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हिजोको तुलनामा गत २४ घण्टामा कोरोना कै कारण ज्यान गुमाउनेको संख्या बढेको छ।

नेपालमा हिजो २ जनाको मृत्यु भएको थियो। तर, आज त्यो संख्या १० जनामा पुगेको छ।

गत २४ घण्टामा ३ जना महिला र ७ जना पुरुषको मृत्यु भएको छ। यसरी मृत्यु हुनेमा मोरङका ६८०,महोत्तरीका ५८, काठमाडौंका ६० र ७०, चितवनका ५५, बाँकेका ५३ र ३९ वर्षीय पुरुष छन्।

त्यस्तै सर्लाहीकी ७२, काठमाडौं‌की ५७ र बाँकेका ५३ तथा ३९ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

अहिले देशभर २१३ जना आईसीयू तथा ३४ जना भेन्टिलेटरमा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्