एक हजार ५१३ कोरोना संक्रमित थपिए
<p>काठमाडौं। नेपालमा गत २४ घण्टामा नेपालमा एक हजार ५१३ जना नयाँ संक्रमित थपिएका छन्।</p>
<p>हिजो देशभर एक हजार ३५१ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका थिए। </p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको १० हजार ८९१ जनाकाे पीसीआर परीक्षण गर्दा उक्त संक्रमित थपिएका हुन्। याेसँगै नेपालमा काेराेना संक्रमितकाे कूल संख्या ७६ हजार २५८ पुगेकाे छ।</p>
<p>अहिले देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्
