भक्तपुर। भक्तपुर नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि आफ्नै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ।
नगरपालिकाले ब्रह्मायणीमा निर्माण गरेको बहुउद्देश्यीय भवनलाई ७५ शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याई कोरोनाका १० संक्रमितलाई राखेको छ।
नगरपालिकाले अहिलेसम्म खरिपाटीस्थित विद्युत् प्राधिकरणको आइसोलेसन सेन्टर र भक्तपुर अस्पतालमा सङ्क्रमितलाई पठाउँदै आएकोमा अब भने आफ्नै आइसोलेसन केन्द्रमा राख्न शुरु गरेको हो ।
मेयर सुनिल प्रजापतिले भन्नुभयो, “अब खरिपाटीको आइसोलेसन केन्द्र र भक्तपुर अस्पतालको मात्रै भर परेर हुँदैन, त्यहाँ ठाउँ नहुने अवस्था आइसक्यो भनेर हामीले हाम्रा संक्रमित नागरिकलाई राख्न आफैँले आइसोलेसन केन्द्र तयार पारेका हौँ ।”
सरकारले निर्धारण गरेको मापदण्ड पूरा गरेर तयार पारिएको आइसोलेसन सेन्टर सञ्चालनमा आउनुपूर्व गत शुक्रबार नगर प्रमुख प्रजापतिको नेतृत्वमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली सेना वीरदल गण सूर्यविनायकका शिवप्रसाद पौडेल, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमलगायतको टोलीले अवलोकन गरेको थियो ।
आइसोलेसन केन्द्रको माथिल्लो तल्लामा महिला कक्ष, दोस्रो तल्लामा पुरुष कक्ष, पहिलो तल्लामा जोखिम वर्गमा परेकाहरू ज्येष्ठ नागरिक, बालबालिका, गर्भवतीलाई राख्ने कक्ष र भुइँ तल्लामा प्रशासनिक, स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मी बस्ने गरी तयारी गरिएको आइसोलेसन व्यवस्थापन समितिका संयोजक रवीन्द्र ज्याख्वाले बताए।
प्रत्येक सङ्क्रमितका लागि अलग्गै पानी तताउने इलेक्ट्रिक जग, निःशुल्क वाइफाइ, मोबाइल चार्जका लागि छुटाछुटै एक्सटेन्सन वायर, म्युजिक सिस्टम र प्रत्येक तल्लामा पढ्नका लागि किताब, पत्रपत्रिका सहितको र्याक व्यवस्था गरिएको संयोजक ज्याख्वा बताउँछन्। रासस
" /> भक्तपुर। भक्तपुर नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि आफ्नै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ।नगरपालिकाले ब्रह्मायणीमा निर्माण गरेको बहुउद्देश्यीय भवनलाई ७५ शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याई कोरोनाका १० संक्रमितलाई राखेको छ।

">