बैतडी। क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा कारागार कार्यालय बैतडीलाई व्यवस्थापनमा चुनौती थपिएको छ। २५ जनाको क्षमता रहेका बैतडी कारागारमा हाल ३१ कैदी र २७ थुनुवा गरी ५८ जना छन् ।
जेलर अनिल तिवारीले भने, “कोरोनाले देशका विभिन्न कारागारमा संक्रमण बढिरहेको छ। यहाँ पनि जोखिम उच्च हुँदा व्यवस्थापनमा समस्या भइरहेको छ।"
कारागारमा शंकास्पद १० कैदी र सबै थुनुवाको साथै कर्मचारी र सुरक्षाकर्मी गरी थप १० जनाको पीसीआर परीक्षण गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो।
९ जेठमा हत्या आरोपमा हिरासतमा रहेका एक युवक बैतडीमा पहिलो संक्रमित भेटिएका थिए। संक्रमणमुक्त भएर उनी अहिले कारागारमा छन्।
शौचालय प्रयोग, खान, सुत्न र बस्नका ठाउँ साँघुरो रहेकोले सामाजिक दूरी कायम गर्न सम्भव नभएको जेलर तिवारीले बताए। रासस
" /> बैतडी। क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा कारागार कार्यालय बैतडीलाई व्यवस्थापनमा चुनौती थपिएको छ। २५ जनाको क्षमता रहेका बैतडी कारागारमा हाल ३१ कैदी र २७ थुनुवा गरी ५८ जना छन् ।जेलर अनिल तिवारीले भने, “कोरोनाले देशका विभिन्न कारागारमा संक्रमण बढिरहेको छ। यहाँ पनि जोखिम उच्च हुँदा व्यवस्थापनमा समस्या भइरहेको छ।"

">