व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण
<p style="text-align: justify;">काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। </p>
<p style="text-align: justify;">ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। </p>
<p style="text-align: justify;">'जनस्वास्थका मापदण्डहरू पालना गर्दै सतर्कता अपनाइरहेको भए पनि हिजो गरेको जाँचका क्रममा रिर्पोट पोजिटिभ देखिएको छ', उनले लेखेका छन्। </p>
<p style="text-align: justify;">आफ्नो स्वास्थ समस्या नभएको र घरमै आइसोलेसनमा रहेको उनले बताएका छन्। </p>