खोटाङमा सक्रिय काेराेना संक्रमितकाे संख्या शून्य

खाेटाङ। सबै सङ्क्रमित उपचारपछि घर फर्किएसँगै खोटाङमा सक्रिय काेराेना संक्रमितकाे संख्या शून्य भएकाे छ।

जिल्लाका विभिन्न स्थानीय तहमा फरक-फरक समयमा कोरोना भाइरसबाट सङ्क्रमित २१ व्यक्ति उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको हो।

१० स्थानीय तह रहेको जिल्लामा हालसम्म एक हजार ५७५ जनाको पीसीआर परीक्षण गर्दा २१ जनालाई कोरोना पोजिटिभ देखिएको थियो।

विभिन्न समयमा सङ्क्रमण देखिएका सबैजना सङ्क्रमित उपचारपछि घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए।

पछिल्लो समय विभिन्न स्थानीय तहमा पीसीआर परीक्षण जारी रहे पनि सङ्क्रमित देखा परेका छैनन्। रासस

प्रतिक्रिया दिनुहोस्