विश्वमा कोभिड-१९: मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

काठमाडौं। कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख दुई हजार १३७ पुगेको छ।

पछिल्लाे २४ घण्टामा थप तीन हजार ८५२ जनाकाे मृत्यु भएकाे हाे।

विश्वमा संक्रमितको संख्या तीन करोड ३२ लाख ९७ हजार ५०३ पुगेको छ।

पछिल्लो २४ घण्टामा दुई लाख ५० हजार ४६२ संक्रमित थपिएका हुन्।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ४६ लाख २९ हजार ८८७ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७६ लाख ६५ हजार ४७९ छ। त्यसमध्ये ६५ हजार ३६७ जना गम्भीर अवस्थाका छन्।

यसै गरी अमेरिकामा संक्रमितको संख्या ७३ लाख २० हजार ६६९ पुगेको छ भने भारतमा ६० लाख ७३ हजार ३४८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्